एड्भान्समा रङ्गोली, ग्रीटिङ कार्ड र चित्रकला प्रतियोगिता सम्पन्न

धादिङबेँसीस्थित एड्भान्स एकेडेमीमा कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरूबिच आयोजित रङ्गोली प्रतियोगितामा हरियो सदनका विद्यार्थीहरूप्रथम भएका छन् ।

त्यसैगरी नीलो सदन द्वितीय भएको छ भने रातो र पहेँलो सदनले क्रमश तृतीय र सान्त्वना स्थान हाँसिल गरेका छन् ।

त्यसैगरी कक्षा चारदेखि छसम्मका विद्यार्थीहरूबिच शुभकामना पत्र (ग्रिटिङ कार्ड) प्रतियोगिता गरिएको थियो । जसमा कक्षा छबाट नीता भट्ट प्रथम भएका छन् भने सङ्गम लम्साल द्वितीय भएका छन् ।

कक्षा पाँचबाट भने सक्सिला तामाङ प्रथम भएकी छिन् ।
त्यसैगरी कक्षा चारका अनमोल गुरुङ र सुशान्त काप्री क्रमश प्रथम र द्वितीय भएका छन् ।

कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूबिच भएको तिहार विशेष चित्रकला प्रतियोगितामा भने कक्षा एकबाट अपेक्षा दुवाडी, कक्षा दुईबाट रोशन अर्याल र कक्षा तीनबाट काव्या अर्याल उत्कृष्ट भएका छन् ।

No comments: